• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सफल कुखुरापालकका रूपमा परिचित झलारीका रेवन

  •   सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ का रेवन चौधरी व्यावसायिक कुखुरापालक उद्यमीका रूपमा परिचित छन् । लेयर्स जातका कुखुरापालनमा लागेका उनले महिनामै रु तीन लाख बढीका अण्डा बिक्री गर्छन् ।

कामदार, कुखुराको चारो, औषधि लगायतको खर्च कटाएर चौधरीले महिनामा रु एक लाख जतिको रकम आम्दानी गर्छन् । नगरपालिका क्षेत्रको चौधरी नै पहिलो व्यावसायिक रूपमा कुखुरापालक किसानका रूपमा हुनुहुन्छ । तीन दशकदेखि उनले व्यावसायिक रूपमा कुखुरापालन गर्दै आएका छन् ।

उनको जीवनयात्रा कहालीलाग्दो सङ्घर्ष र कठिनाइको बाटो पार गर्दै यहाँसम्म आइपुगेको हो । कहिल्यै नचुहिने घर, अन्नपातले भरिएको भान्सा र व्यावसायिक कुखुरा फार्मले सजिएको वर्तमान जीवनलाई उनले दशकअघिको खरले छाएको झुपडीसँग जोडेर हेर्छन् ।

“त्यो झुपडीमा एउटा कोठा सुत्नका लागि प्रयोगमा ल्याउँथ्यौँ, अर्को कोठामा कुखुरापालन हुन्थ्यो”, उनले भने,“वर्षा लाग्दा पानी चुहेर सुत्ने ठाउँसमेत नहुने अवस्था हुन्थ्यो, छोरालाई वर्षाको पानीबाट जोगाउन सिरकभित्र लुकाउँथ्यौं, हामी दुवै बुढाबुढीको अधिकांश समय छानो टाल्दैमा बित्थ्यो ।”

चौधरीको पुर्ख्यौली घर कृष्णपुर नगरपालिका–६, बालुवाफाँटा हो । अहिले पनि उहाँको त्यहाँ कमाइ खाने जग्गा छ । त्यो जग्गालाई उहाँले अधियामा खेती गर्नका लागि दिए ।

सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुग्नुअघि नै उहाँ परिवारसँगै नगरपालिकाको झलारी बजार बजारमा बस्नका लागि आइपुगेका हुन् । बस्ने ठेगानै नभएपछि चिनजानका स्थानीय घुम्मन चौधरीको जग्गामा सानो झुपडी बनाएर बसाइ सुरु भएको उनी स्मरण गर्छन् । त्यही झुपडीमै विसं २०५६ मा कुखुरापालन व्यवसायको सुरुवात भयो ।

देशमा सङ्कटकाल घोषणा भएको बेलाको एउटा सम्झना चौधरीका लागि अझै पनि गहिरो छ । कुखुरापालनका लागि खर ल्याउन बेलडाँडी पुगेका उनी ट्रयाक्टरमा खरसहित झलारी फर्किँदै गर्दा सुरक्षाकर्मीले विद्रोही पक्षका लागि कार्य गर्न थालेको आशङ्कामा चालकलाई नियन्त्रणमा लिएका थिए ।

“केही दिन प्रहरी चौकीकै चक्कर काट्नु पर्‍यो, धेरै हारगुहारपछि मात्रै चालक छुटाउन सक्यौँ”, उनले भने । जस्तोसुकै समस्या आए कुखुरापालन भने उनले कहिल्यै छाडेनन् ।

चौधरीको उद्यमशील यात्राको पहिलो पाइलो ब्रोइलर कुखुराबाट सुरु भयो । पाँच सय कुखुराबाट सुरु गरेको व्यवसाय बिस्तारै बढ्दै गयो । आम्दानी बढेसँगै उनले चल्ला थप्दै लगे । त्यतिबेला झलारी बजारमा व्यावसायिक रूपमा ब्रोइलर पालन गर्ने उनी मात्रै एक्लै थिए । यही आम्दानीबाट उहाँले चार कठ्ठा जग्गा खरिद गरे र स्थायी फार्म निर्माण गरे ।

सात वर्षसम्म ब्रोइलर कुखुरापालन गरेपछि चौधरीले लेयर्स कुखुरापालन गर्न थाले । आज उनीसँग दुई वटा फार्म छन् । त्यहाँ तीन हजारभन्दा बढी लेयर्स कुखुरापालन गरिएका छन् । कुखुरापालनका लागि चौधरीले रु ४० लाख बढी लगानी गरेका छन् ।

दैनिक छदेखि आठ पेटी अण्डा उत्पादन हुन्छ, जसको मूल्य स्थानीय बजारमा प्रति पेटी रु तीन हजार तीन सय पर्छ । महिनामा झण्डै रु तीन लाखको अण्डा बिक्री हुन्छ भने रु दुई लाख जति खर्च कटाएर पारिवारिक जीवन सहज रूपमा धानिएको छ । बिहान ५ बजेदेखि साँझ ढल्केसम्म परिवारका सबै सदस्य काममा खटिन्छन् ।

उनकी श्रीमती पृथीदेवी चौधरीले भनिन्,“आम्दानी यहीबाट छ, त्यही भएर गाह्रो भए पनि मेहनत गर्नैपर्छ ।” कुखुरापालनकै आम्दानीले चौधरीले छोरीलाई उच्च शिक्षासम्म पढाएर अहिले सरकारी सेवा प्रवेश गरेको उनी बताउँछिन् ।

उनले छोरालाई रु १० लाख खर्च गरेर वैदेशिक रोजगारीका लागि युरोपको सर्विया पठाएका छन् । अर्को छोरालाई पढाइ पश्चात विवाह गरेर आफूसँगै व्यवसायमा संलग्न गराएका छन् ।

दश वर्षका लागि भाडामा जग्गा लिएर चौधरीले तीन वर्षअघिदेखि बङ्गुरपालन व्यवसाय सुरु गरे । “पहिलो वर्ष ४५ वटा बङ्गुर पाल्दा राम्रो आम्दानी भयो”, उनले भने,“त्यसको एक वर्षअघि महामारी फैलिएर धमाधम अन्य किसानका बङ्गुर मर्ने क्रम सुरु भएपछि ३१ वटा बङ्गुर बिक्री गरिदिए ।”

हाल फार्ममा ११ वटा मात्र बाँकी छन् । गत वर्ष मात्रै उहाँले रु दुई लाख २५ हजारका पाठापाठी बिक्री गुरेका थिए । चौधरी केवल व्यवसायी मात्रै नभएर समाजसेवीका रूपमा समेत चिनिएका छन् । उनले वेस नामक संस्थाको अध्यक्ष भएर दुई दशकभन्दा बढी समय समाजसेवामा सक्रिय भूमिका खेलेका छन् ।

आज उनले व्यवसायमै आत्मनिर्भर बनेर सन्तानलाई उज्ज्वल भविष्य दिन सकेका छन् । खरझुपडीमा बिताएका दिन उनको जीवनको एउटा अध्याय भए पनि आजको दृढता र लगनशीलताको जग त्यहीबाट राखिएको उनी बताउँछन् । रासस

सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.