काठमाडौँ । एमालेको विरोधका बिच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएकी छन् ।
भण्डारीले बिहीबार काठमाडौँको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको एक घरबाट सम्पर्क कार्यालय सञ्चालनमा ल्याउन लागेकी हुन् । उक्त सम्पर्क कार्यालयको भण्डारी आफैले उद्घाटन गर्दैछिन् ।
कार्यालयको उद्घाटनका लागि एमालेका केन्द्रीय नेताहरूले समेत निमन्त्रणा गरिएको बताइएको छ । ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिए पनि उक्त कार्यालयमार्फत भण्डारीले आफ्ना गतिविधि सञ्चालन गर्ने भण्डारी निकटस्थहरूले बताएका छन् ।













