धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा युघिस्टर बुढामगर रहेका छन् । शुक्रबार कैलाली, धनगढी
१७ दिपनगर बस्ने बर्ष २० का बुढामगर आफ्नै घर नजिकै रहेको हल्दुको रुखमा चढी रुखको हाँगा काट्टने क्रममा हाँगा नजिकै रहेको बिद्युतको हाईटेन्सन लाईनमा छुन गई करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ । उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी
लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत्यु घोषणा गरेको जनाएको छ ।
करेन्ट लागेर बुढामगरको मृत्यु
करेन्ट लागेर बुढामगरको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













