धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
थारू समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
कैलाली, कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायले यो पर्व धुमधामसँग मनाउँदैछन्।
अटवारी पर्वको अवसरमा आज भदौ ८ गते सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरेको छ।
यसअघि प्रदेश सरकारले अटवारी पर्वको अवसरमा साउन २५ गते बिदा दिने निर्णय गरेर राजपत्रमा प्रकाशित गरेकोमा थारू समुदायको अटवारी भदौ ८ गते परेकाले बिदाको मिति संशोधन गरिएको थियो।













