धनगढी । प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
कैलालीको टीकापुर नगरपालिका-९ दसगजा सामुदायिक वनस्थित जंगलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.९४ हजार बराबरको कुर्ता सुरवाल, ट्राउजर, टिसर्ट लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै,कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ मझगाँउ नहर नजिक र दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोज स्थित सडक किनाराबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.५० हजार ८६० बराबरको सुजी, पेय पदार्थ, बच्चाका खेलौना, प्लाष्टर पट्टी लगायतका सामानहरु नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













