धनगढी । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ४ हजार ६५० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यको विभिन्न किसिमका कपडा, हाडवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ।















