काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि कांग्रेस सांसद ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको छ।
मंगलबार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्थाको सभापतिका लागि उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा कांग्रेसका रामहरि खतिवडा र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।
पार्टीको निर्देशनअनुसार उनी सुनुवाइ समितिको नेतृत्वम हुँदाहुँदै राज्य व्यवस्था समितिमा आएकी हुन् ।
उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि ४ बजेसम्मको समय तोकिएको छ। सभापतिमा न्यौपानेको मात्रै उम्मेदवारी दर्ता हुने भएको छ।
सभापति चयनका लागि बुधबार दिउँसो ३ बजे बैठक बोलाइएको छ।















