धनगढी । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको बेलौरी नगरपालिका–३ बन्धाताल र पुनर्वास नगरपालिका–११ टाउके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ६१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यको भन्सार छलीको चिनी, बिडी, चुरोट, बोईलर कुखुरा, २ थान मोटरसाइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।















