धनगढी । बाजुरामा चरेस र खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाजुराको बडिमालिका–९ का २७ वर्षीय लक्ष्मण विक र कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालाका ३१ वर्षीय दीपेन्द्र घर्ती मगर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरुलाई मंगलबार बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडी बजार नजिकबाट पक्राउ गरिएको जनाइएको छ । उनीहरूको साथबाट १० ग्राम चरेस र १०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।













