धनगढी । कञ्चनपुरमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–३ गोकुलपुर बजार बस्ने ६२ वर्षीय जनार औजी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
औजी मंगलबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













