काठमाडौं। नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादी अभियान पूनः सुरु हुने भएको छ । यही भदौ २१ गतेदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु हुने भएको हो । यो अभियान अब लमजुङबाट सुरु हुने भएको छ । अभियानमा सहभागी हुने नेताहरुको पनि टुँगो लगाईएको छ ।
पार्टीले जारी गरेको सर्कुलरमा अभियानमा महासचिवसम्मका नेतालाई मात्रै सहभागी गराइने भएको छ । उक्त अभियानमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु र महासचिव देवप्रसाद गुरुङमात्रै नेताको रुपमा सहभागी हुनेछन् । यसअघि पनि अभियानमा महासचिवसम्मका नेतालाई मात्रै सहभागी गराइएको थियो ।













