धनगढी । कैलालीको गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जना मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसो खुटिया नदीमा नुहाउने क्रममा चार जना बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता डिएसपी राजकुमार सिंहका अनुसार बेपत्ता भएका अन्दाजी १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १७ वर्षकै प्रतीक चौधरीको शव भेटिएको हो । ७ जनाको समूहमा नुहाउन गएका धनगढीका चार किशोर बेपत्ता भएका थिए ।













