धनगढी । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला नौगाड गाउँपालिका-६ खालिडाडा बस्ने ५० वर्षीया ऐति धामीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनको घर नजिकै रहेको जंगलमा घास काटेर घर फर्कने क्रममा भीरबाट लडेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । भीरबाट अन्दाजी १५० मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ।













