धनगढी । कञ्चनपुरबाट ७ लाख ७६ हजार ८ सय बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–३ भासी, भीमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–४ दैजीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका उक्त मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
सो मूल्यका कपडा, बिजुली, कस्मेटिक, किरानाका सामान तथा १ थतन मोटरसाइकललगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।













