• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

तत्कालीन द्वन्द्व पीडितले न्याय नपाएकामा चिन्ता

  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित

कञ्चनपुर। कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सनम चौधरी आज पनि बुबा फर्केर आउने आशामा छन्। पच्चीस वर्ष बितिसक्दा पनि उनका बुबा तारानाथ चौधरी घर फर्किएका छैनन् । तत्कालीन द्वन्द्वकै समयमा डकर्मी काम गरिरहेकै बेला उनी बेपत्ता भएका थिए ।

तत्कालीन समयमा नौ वर्षका रहेका सनम अहिले पनि बुबाको अनुहार झलझल्ती सम्झिन्छन् । उनी भन्छन्, “द्वन्द्व समाप्त भएको दुई दशक बढी बितिसक्यो तर बुबा कहिल्यै फर्कनुभएन ।” घरको कमाउने एक्लो सदस्य हराएपछि १२ वर्षकै उमेरदेखि उनले हलो जोत्ने कार्यमा लाग्नुपर्यो । त्यसैले विद्यालय पढ्ने अधिकारबाट वञ्चित हुनुपर्यो, बीचमै विद्यालय छाड्नुपरेको दुखेसो उनी पोख्छन् ।

कृष्णपुर नगरपालिका–३ का लक्ष्मी चौधरीको पीडा पनि सनमकै जस्तै छ । उनका छोरी घरबाटै वेपत्ता भइन् । “बूढाबूढी रोगी छौँ, सहारा कोही छैन”, उनले गहभरि आँसु पार्दै भनिन्, “घरको एक्लो छोरी बेपत्ता पारिएपछि नदीको बीच धारमा फसेजस्तो छ, न यता जान सक्छौँ न उतातिर ।”

बेलौरी नगरपालिका–४ का दीपक चौधरीका भाइ भागिराम चौधरी २०५९ सालमा बेपत्ताभएका थिए । दीपक भन्छन्, “ तत्कालीन विद्रोही भएको आरोप लगाइयो, तर भागिराम कुनै पनि गतिविधिमा संलग्न थिएनन्, कसैले सुराकी गरेकै कारण निर्दोष भाइलाई लगेर बेपत्ता पारियो ।”

यस्तै, बेलौरी नगरपालिका–१० भुडाका जीतबहादुर चौधरीका बुबा सन्तराम चौधरी घाँस काट्न खेत गएका बेला बेपत्ता भएको परिवार बताउँछ । जीतबहादुर भन्छन्, “चाडपर्व आउँदा अझ बढी बुबाको सम्झना आउँछ, बाटोमा बुबा आइपुग्छन् कि भनेर अझै पर्खिरहेकी आमा सपनामा समेत बुबालाई देख्छिन्, तर विडम्बना, निद्राबाट उठ्दा बुबा छैनन् भन्ने यथार्थ झन् पीडादायी हुन्छ ।

यसरी बेपत्ता पारिएका नागरिकका परिवारलाई न्याय दिन भनेर सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्यो । तर यी दुवै आयोग वर्षौँसम्म पीडितका उजुरी विवरण सङ्कलन गर्ने काममै सीमित रहे । न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल, जिल्ला कार्यसमितिका अध्यक्ष जीतबहादुर चौधरीले दुवै आयोगले आफ्नो ध्येय अनुसार काम गर्न नसकेको गुनासो गर्दै दलगत भागवण्डाका आधारमा गठन भएकाले पारदर्शिता र विश्वसनीयता गुमाएको आरोप लगाए ।

“पीडितको प्रतिनिधित्व नै नभएको आयोग पीडितमैत्री हुन सक्दैन”, उनले भने । अहिलेको आयोग पनि भागवण्डाकै आधारमा गठन भएकाले न्याय पाउनेमा उनी आशङ्का व्यक्त गर्छन्। सहिद तथा बेपत्ता परिवारका पूर्वअध्यक्ष नरेन्द्रप्रसाद चौधरी बारम्बार आयोग गठन हुँदाहुँदै पनि पीडितले न्याय नपाएकामा चिन्ता व्यक्त गर्छन् । उनका अनुसार निकै सङ्घर्षको बलमा सरकारबाट बेपत्ता पारिएका व्यक्तिका परिवारजनलाई राहतस्वरुप रु १० लाख र परिचयपत्रमात्र हालसम्म उपलब्ध हुनसकेको छ ।

एड्भोकेसी फोरमका वीरबहादुर विष्ट पीडितको प्रत्यक्ष प्रतिनिधित्व हुनेगरी आयोग गठन नगरेसम्म सत्य र न्याय सम्भव हुन नसक्ने तर्क गर्छन् ।

विस्तृत शान्ति सम्झौताका २० वर्ष र संविधान कार्यान्वयनका १० वर्ष बितिसक्दा पनि बेपत्ता पीडितको जीवनमा खासै परिवर्तन आएको छैन । संविधानले परिकल्पना गरेको समानता, न्याय र अधिकार बेपत्ता परिवारका लागि अझै अपूरो सपना बनेको उनी बताउछन् ।

शान्ति सम्झौतामा स्पष्ट प्रावधान राखिएको थियो, ६० दिनभित्र बेपत्ता पारिएका नागरिकको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्ने तर आजसम्म पनि त्यो प्रावधान लागू हुन नसकेको बेपत्ता परिवारका सङ्गीता चौधरी बताउछिन् । जिल्लामा ९९ जना बेपत्ता भएको तथ्याङ्क छ ।रासस

आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.