काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । बैंकले भदौ २९ देखि असोज १० गतेसम्म कार्यालय समयमा सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो ।













