• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

सुदूरपश्चिममा गौराको रौनकता,क्षेत्र पनि विस्तार हुँदै

  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिममा यतिबेला गौरा पर्वको रौनकता छाएको छ । बिहीबार विरुडा पञ्चमीबाट सुरु भएको गौरा पर्वले रौनकता छाएको छ । आज गौरा पर्वको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ ।

सुदूरपश्चिबासीको मौलिक एवं सांस्कृतिक पर्व गौरा खासगरी महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हो । यसलाई ठाउँअनुसार फरकफरक ढंगले भन्ने गरिन्छ । कतै गोरा, कतै गौरा, कतै गमरा भन्ने गरिन्छ ।

परम्परादेखि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको गौरापर्वले विस्तारै आफ्नो क्षेत्र गर्दैै गएको छ । बसाइँसराइँसँगै पश्चिम तराईका कैलाली र कञ्चनपुर झरेको गौराले पछिल्लो समय संघीय राजधानी काठमाण्डौँमा समेत प्रभाव जमाउन थालेको छ ।

पहिलेपहिले तराईका कैलाली र कञ्चनपुरका पनि केही ठाउँहरूमा मात्रै मनाइने गौरापर्व अहिले भने धेरै ठाउँहरूमा हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ । अहिले सुदूरपश्चिमेलीहरुको बसोबास रहेको अस्ट्रेलिया, अमेरिकालगायतका देशमा समेत गौरा पर्व मनाउन थालेका छन् ।

खासगरी पहिलेदेखि सुदूरपश्चिमका पहाडी जिल्लाहरू दार्चुला, बैतडी, डडेल्धुरा, डोटीमा गौरा पर्व बढी मनाउने गरेको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।

उनले बाजुरामा गौरा नमनाउने गरेको र पछिल्लो समय विस्तार हुँदै जाँदा अछाम र बझाङका केही स्थानमा मात्रै गौरा मनाउने गरेको बताए । पहाडी जिल्लाहरूबाट बसाइँसरी कैलाली र कञ्चनपुर आएकाहरूले विगत लामो समयदेखि गौरा पर्व मनाउँदै आएको पाण्डेय बताए ।

‘कैलालीमा पहिले केही सीमित ठाउँमा मात्रै गौरा मनाउने गरेको देखेको थिएँ, अहिले थुप्रै ठाउँमा मनाइन्छ, टोलैपिच्छे गौरा मनाउने गरिएको छ’, उनले भने–‘अहिले यहाँ मात्रै होइन् काठमाडौं तथा विदेशमा अमेरिका, अस्ट्रेलियामा रहेका सुदूरपश्चिमेलीहरूले पनि गौरा मनाउन थालेका छन् ।’

‘गौरा मनाउने तरिका भने ठाउँअनुसार फरकफरक रहेको रहेको छ । तर, त्यसको मूल मर्म एउटै हो’, उनले भने,–‘गौरामा नारीको सकृयता बढी हुने भएकाले यो नारीप्रधान पर्व पनि हो ।’

गौरा पर्वमा शिव र पार्वतीको पूजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको उनले बताए । पञ्चमीमा तामाको भाँडोमा बिरुणा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) भिजाउने उनले बताए ।

‘भिजाएको विरुणा व्रतालु महिलाहरूले षष्ठीको दिन नजिकैको धारा, कुवा, पोखरीमा लगेर धुने गर्छन्’ उनले भने –‘सप्तमीको दिन महिलाहरूले धानखेतमा गएर ल्याएको अपामार्ग, बलु, साउँ लगायतका बिरुवाहरू मिलाएर बनाएको गौरा र महेश्वरको प्रतिमा फाग,सगुन गाउँदै सँगसँगै गौरा राख्ने घरमा ल्याउने चलन छ, त्यो दिन गौराको पूजा गरिन्छ ।’

‘व्रतालु महिलाहरूले अष्टमीको दुबो धागोको पूजा गर्नुका साथै गौरा र महेश्वरको विवाह गर्ने गरिन्छ’ उनले भने,‘गौरामा देउडा खेल्ने, चैत, धुमारी, फाग गाउने गरिन्छ ।’

पछिल्लो समय गौरा पर्व फैलिँदै गएको भए पनि मौलिकता भने हराउँदै गएको उनको भनाइ छ । मौलिक लोक संस्कृति जगेर्ना गर्न सबैले जोड दिनुपर्ने र पछिल्ला पिढीमा संस्कृति पुस्तान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.