धनगढी । यही भदौ २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार रुपेश स्वाँरको प्यानल घोषणा तथा प्रतिवद्धता सार्वजनिक गरिएको छ ।
आज धनगढीमा एक कार्यक्रमकाबीच अध्यक्ष पदका उम्मेदवार स्वाँरले प्यानल घोषणा तथा प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
स्वाँरको प्यानबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी,उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त,वाणिज्य उपाध्यक्षमा राधिकाकुमारी चौधरी,यशोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया,बस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु,महासचिवमा सुरेश पाण्डेय,सचिवमा प्रकाशकुमार चन्द र कोषाध्यक्षमा तीलकबहादुर बोहरा रहेको उनले जनकारी दिए ।
त्यस्तै, सदस्यहरुमा रुपेश खड्कमा,अम्बिका भण्डारी,मिलन कुँवर,प्रेमबहादुर धामी,भरतबहादुर थापा,नेत्रप्रसाद तीवारी,देवराज जोशी,तेज बम,शुभशंकर ठाकुर,दिपक राठोर,अमर चोखाल,प्रमिला पाठक र मञ्जु भट्ट रहेका छन् । स्वाँर प्यानलले १८ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेको छ ।
यस्ता छन् स्वाँर प्यानलका १८ बुँदे प्रतिवद्धता
१ .व्यवसाय र व्यवसायीको हकहितको लागि कानूनी तथा प्रशानिक समस्याहरूको लागि विशेष पहल ।
२. स्टार्ट–अप, इनोभेशन र क्रियशन लगायत नयाँ उद्यमशिल उर्जावान युवा व्यवसायीहरूको लागि कोषमार्फत सहयोग नीति ।
३. विपद व्यवस्थापन कोषको स्थापना र सञ्चालन ।
४. अस्थायी कोरेन्टाइनलाई स्थायी कोरेन्टाइनका रूपमा स्थापित गराउन पहल ।
५. कैलाली उद्योग वाणिज्य संघको विधानलाई आम उद्योगी व्यवसायीहरुको चाहना अनुसार संशोधन र परिमार्जन ।
६. बैंक तथा वित्तीय संस्था, कर, भन्सार, बीमा लगायतका हाल विद्यमान समस्याको प्रभावकारी समाधानको लागि ठोस पहल ।
७ सीमापार अवैध व्यापार, चोरी निकासी र पैठारीमा कडाईका साथ नियन्त्रणको लागि योजनावद्ध कार्यक्रम सञ्चालन ।
८. आयात र निर्यातलाई पारदर्शी, व्यवस्थित र सहज बनाउन सिमा नाकामा हेल्पडेस्क स्थापना ।
९. कृषि र गैरकृषि तथा औद्योगिक उत्पादनको वैज्ञानिक बजारीकरणको लागि सरकारी र अन्य सरोकारवालाहरूसंगको समन्वयमा कार्यक्रम सञ्चालन ।
१०. कैलाली उद्योग बाणिज्य संघका सदस्यहरूको अभिलेखीकरण, नविकरण, नयाँ सदस्यता प्राप्ती सूचना प्रवाह लगायतका कार्यहरुको डिजिटलाइजेशन ।
११. संघ, प्रदेश र स्थानीय सरकारका आर्थिक, व्यापारिक, औद्योगिक नीति व्यवसायमैत्री बनाउन पहल ।
१२. धनगढी लगायत कैलालीका प्रमुख बजारहरूमा रात्रीकालीन व्यवसायको यथासिघ्र सुरुवात ।
१३. सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण आर्थिक, सांस्कृतिक पर्वका रुपमा स्थापित सुदरपश्चिम महोत्सवलाई स्थानीय उत्पादन, कला संस्कृति, स्थानीय परिकार, लुकेका प्रतिभा प्रोत्साहन र समग्र प्रदेशको आर्थिक समृद्धिमा समेत योगदान पुग्ने गरि पारदर्शी र व्यवस्थित बनाउदै लगिने ।
१४. घर बहाल सम्बन्धी स्पष्ट कानूनी व्यवस्था गर्न पहल ।
१५. धनगढीमा पार्किङ्ग समस्याको यथासिघ्र समाधान ।
१६. स्वदेशी तथा विदेशी लगानी भित्राउन सरकारी तथा गैर सरकारी निकायसंगको सहकार्यमा लगानी सम्मेलन ।
१७. व्यवसायीका गुनासा तथा सुझाव संकलनका साथै गुनासा सम्बोधनको लागि अनलाईन तथा अफलाईनका संयन्त्र विकास ।
१८. व्यवसायिक वातावरण सुधार, औद्योगिक क्षेत्रको स्थापना, पूर्वाधार निर्माण, सहज विद्युत आपुर्ति तथा यातायात लगायतका समस्या समाधानका लागि ठोस पहल ।













