काठमाडौं । सुनको मूल्य तोलामा दुई लाख १५ हजार ८०० सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको हो।
हिजो प्रति तोला २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने आज २५६५ प्रति तोला पुगेको छ ।













