धनगढी । नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरूले प्रदर्शनमा उत्रिएका छन् । उनको विरोधमा जेनजी युवाहरुले धनगढीको जेनजीमार्ग नजिक क्याम्पस रोड सहिद गेट सडकको हसनपुरमा विरोध प्रदर्शन गरिरहेका छन् ।
हातमा प्ले कार्ड लिएर जेनजी युवाहरुले विरोध प्रदर्शन गरेका छन् । बस्नेत बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न यहाँ आउँदै छन् ।
अहिले यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ भने प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।














