धनगढी । नेकपा एमालेका नेता महेश बस्नेत धनगढी पुग्दा तनावस्थिति सिर्जना भएको छ । बस्नेतको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी युवामाथि आक्रमण भएको छ ।
बस्नेत धनगढी आउने भएपछि जेनजी युवाहरुले धनगढीको जेनजी चोकमा प्ले कार्ड सहित विरोध गरेका थिए ।
बस्नेतलाई धनगढी विमानस्थलबाट कार्यक्रमस्थल कैलाली उद्योग वाणिज्य संघमा लैजाने क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरुलाई प्रहरीको घेरा तोड्दै युवा संघका कार्यकर्ताहरुले आक्रमण गरेका हुन ।
आक्रमणबाट जेनजी अगुवा सरिता जोशीलगायतलाई चोट लागेको छ । बस्नेत एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन् ।













