धनगढी । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा आयोजना गर्न लागेको सन्देश सभालाई सम्बोधन गर्न पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल धनगढी पुगेका छन ।
नेपाली कम्युनिस्ट पार्टी गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा आयोजना हुने भएपछि नेता प्रचण्ड र नेपाल धनगढी पुगेका हुन ।
संदेश सभालाई संयोजक प्रचण्ड, सहसंयोजक नेपाल, नेता डा. भीम रावललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम धनगढी रंगशाला संगै जोडिएको मैदानमा हुनलागेको हो ।
पार्टीले यसपछि लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते संदेश सभा आयोजना गर्ने भएको छ । साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभाको तयारी गरेको छ । दुबै नेतालाई धनगढी बिमानस्थलमा स्थानीय नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका थिए ।













