धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका-१९ चाँदकीपार्क र भजनी नगरपालिका-७ हिक्मतपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४० हजार १ सयको सामान प्रहरीले बरामद गरेको हो।
उक्त मूल्यका विभिन्न किसिमका भाँडावर्तन, सिद्रामाछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।















