धनगढी । कैलालीको गोदावरी ५ गेटा स्थित भित्रि सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको स्कुल बसले ठक्कर दिदा १३ बर्षिय वालकको मृत्यू भएको छ ।
शनिबार कञ्चनपुर, कृष्णपुर ४ बस्ने बर्ष ४४ को पतिराम डगौराले चलाएको से १ क ११८२ नम्बरको श्री बिद्याभुषण पब्लिक स्कुलको बसले ठक्कर दिदा सो वालकको मृत्यु भएको हो ।
गोदावरी ५ बस्ने बर्ष १३ को साइकल यात्री अनुप महरालाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा आज विहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, सो सम्बन्धमा अनुसन्धान भईरहेको जनाएको छ ।













