• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

धनगढीमा प्रभावकारी बन्दै निःशुल्क शव चिस्यान सेवा, दुई वर्षमा ५५६ परिवारले लिए सेवा

  •   आइतबार, मङि्सर १५, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरवासीलाई निःशुल्क रुपमा शव चिस्यान (फ्रिजिङ)सेवा उपलब्ध गराउँदै आएको छ । यो उपमहानगरपालिकाले विगत दुई वर्षको अवधिमा हालसम्म ५५६ परिवारलाई निःशुल्क शव चिस्यान (फ्रिजिङ) सेवा उपलब्ध गराएको छ ।

२०८० मंसिर ११ गतेदेखि सुरु भएको यो अभियानमार्फत उपमहानगरले बिहीबारसम्म ५५६ वटा शव सुरक्षित राख्न शव चिस्यान मेसिनको सहयोग पु¥याएको जनाएको छ । घरमा कसैको मृत्यु हुँदा विदेश वा टाढा रहेका परिवारजन तथा इस्टमित्र अन्तिम संस्कारका लागि आइपुगुन्जेल शवलाई सुरक्षित राख्न उपमहानगरले यो सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।

धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले विदेशमा रहेका सन्तानले आफ्ना अभिभावकको अन्तिम पटक अनुहार हेर्न पाउन् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको बताए । ‘आमा बुबालाई सुख दिन्छु भनेर विदेश गएका छोरा छोरीले बुबाआमाको अनुहार पनि हेर्न पाउँदैनन् । मृत्युलाई टार्न नसकेपनि अन्तिम पटक भएपनि अनुहार हेर्न पाउन् भनेर निःशुल्क सेवा सुरु गरेका हौँ,’ उनले भने ।

मृतकका आफन्तले काम विशेषले घरबाहिर भएका सदस्य नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्करुपमा शव चिस्यान सेवाको उपयोग गर्दै आएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारी, ५३ नम्बर टोलका जंग चौधरीको मृत्यु भएपछि उनका आफन्तहरू कामविशेषले घरबाट टाढा रहेकोले नगर प्रहरीले घरमै चिस्यान उपकरण उपलब्ध गराएको थियो ।

आफन्तजन दुई दिनपछि आएपछि मृतकको दाहसंस्कार गरियो । उपमहानगरको शव चिस्यान उपकरणले जंगको शव घरमै सुरक्षित राख्न धेरै सहज भएको स्थानीयले बताए । उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान केन्द्रका कारण मृतकका आफन्तहरूलाई निकै सहज भएको धनगढी ६ का बिष्णुदत्त खड्काले बताए ।

उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान केन्द्रको सेवा लिनेहरूको संख्या बढ्दै गएको जनाएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकाले विपन्न परिवारलाई आफन्तको निधन हुँदा अन्तिम संस्कारका लागि नगद पाँच हजार रुपैयाँसमेत दिने गरेको छ ।

यसरी लिन सकिन्छ सेवा

उपमहानगरले सेवा प्रवाहका लागि २४सै घण्टा नगर प्रहरी परिचालन गरेको छ । नगरवासीले टोल फ्री नम्बर १८१०५००००९० तथा ०९१–५९०६९० मा सम्पर्क गरेर जानकारी गराउन सक्छन् ।

जानकारी प्राप्त हुनासाथ नगर प्रहरीले सानो ट्रकमार्फत शव चिस्यान मसिन सम्बन्धित घरसम्म पु¥याई जडान गरिदिने व्यवस्था छ । दाहसंस्कार सम्पन्न भएपछि प्रहरीले नै मसिन फिर्ता ल्याउने गरेका छन् ।

चिस्यान सेवाका अलावा उपमहानगरले शववाहनमार्फत घाटसम्म शव पु¥याउने, स्थायी बासिन्दालाई पाँच हजार रुपैयाँ काजक्रिया खर्च दिने र मृतकलाई सलामी अर्पण गर्ने कार्य समेत गर्दै आएको छ । हालसम्म नगर प्रहरीले ६५४ शवलाई घाटसम्म पु¥याइसकेको छ ।

सुरुवातमा दुई वटा मेसिनबाट थालिएको यो सेवा हाल ६ वटा मसिनमार्फत उपमहानगरका १९ वटै वडामा विस्तार गरिएको छ । ८५ जनाको नगर प्रहरी टोलीले तीन सिफ्टमा खटिएर ‘हर घडी नगर प्रहरी’ नारासहित सेवा प्रवाह गरिरहेको धनगढी नगर प्रहरी बलले जनाएको छ ।

  • परिवारले लिए सेवा
आइतबार, मङि्सर १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.