धनगढी । कैलालीमा २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लागुऔषध मुद्दामा १ वर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–६ बस्ने २४ वर्षीय दीलबहादुर चौधरी र ४ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय आसाराम चौधरी पक्राउ रहेको प्रहरीले जनाएको छ ।
कैलाली जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको जनाएको छ।













