• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

विदेशबाट फर्केर गाउँमै ‘सस्तो बजार’ सञ्चालन

  •   सोमबार, मङि्सर १६, २०८२ मा प्रकाशित

कञ्चनपुर । वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किएका यहाँको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गरेका छन् ।

उनले गाउँमै ‘आफ्नो बजार, सस्तो बजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थालेका हुन् । कुवेतमा वर्षौँसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गरेका भट्टले त्यही अनुभवलाई आधार बनाउँदै गाउँमै गुणस्तरीय सेवा दिने उद्देश्यले व्यवसाय सुरु गरेका छन् ।

विदेशबाट स्वदेश फर्केर केही उत्पादनमूलक काम गर्ने लक्ष्य अनुरूप उनले स्वदेशमै दिगो जीविकाको सम्भावना देखेपछि व्यवसायमा हात हालेको बताए ।

भट्टले करिब रु १० लाख लगानी गरी घरैमा आधुनिक शैलीको किराना पसल स्थापना गरेका छन् । स्थानीय ग्राहकलाई दैनिक उपभोग्य सामग्रीदेखि तरकारीसम्म एकै स्थानमा सहजै उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरेको उनले बताए ।्

“कुवेतमा काम गर्दा पसलमा सामान कसरी सजाउने, कसरी मूल्य निर्धारण गर्ने, हिसाब–किताब गर्ने, ग्राहकसँग कसरी व्यवहार गर्ने भन्ने सबै सीप त्यहीँ सिकेँ,” भट्ट भन्छन्, “अब त्यही सीप प्रयोग गरी व्यवसाय सुरु गरेको छु ।”

भट्टको पसलले छोटो समयमा स्थानीय ग्राहकको ध्यान तान्न सफल भएको छ । ग्राहक अनुकूल मूल्य, गुणस्तरीय सामान र छरितो सेवा उनका प्रमुख आकर्षण बनेका छन् । “थोरै नाफा राखेर सामान बेच्ने गर्छु, ग्राहकको मागका आधारमा आवश्यक वस्तु मात्र राख्छु,” भट्ट भन्छन्, “गुणस्तर राम्रो भएकाले अहिलेसम्म कुनै गुनासो आएको छैन, उल्टै ग्राहकको विश्वास बढ्दै गएको छ ।”

पसलमा तरकारी, फलफुल, ‘ड्राइफ्रुट्स’, मसला, चामल, दाल, चिनी, गेडागुडी, तेल, भान्छाका सामग्री, मिठाइ तथा दैनिक घरायसी सामान उपलब्ध छन् । एउटै छानामुनि आवश्यक वस्तु पाइने भएकाले घरपरिवार, विद्यार्थी तथा कार्यालयका कर्मचारीसम्म भट्टको ‘सस्तो बजार’मा आकर्षित हुने गरेका छन् ।

हाल भट्टको पसलमा दैनिक रु १० हजारदेखि १५ हजार रुपैयाँसम्मको बिक्री हुन्छ । जसबाट रु दुई हजारदेखि तीन हजार बराबरको नाफा आर्जन हुने गरेको उनले बताए ।

“बढी मार्जिन राखेर सामान बिक्री गरे नाफा बढी हुन्थ्यो”, उनले भने, “थोरै मार्जिन राखेर ग्राहकलाई गाउँकै बजारबाट सबै सामान उपलब्ध गराउने सामाजिक सेवा भाव राखेर व्यवसायलाई अगाडि बढाउँदै आएको छु, ग्राहकको माया पाएको छु ।”

विदेशमा पनि उनको कमाइ महिनामै रु एक लाखको हाराहारीमा थियो । तर परिवारदेखि टाढा, घरभन्दा धेरै पर रहेकाले अब गाउँमै केही गर्नुपर्छ भन्ने सोचले पसल सुरु गरेको उनको भनाइ छ ।

लामो समय विदेशमा बस्दा परिवारजनसँग समय बिताउन नपाउँदा खिन्नता हुने गरेको भट्ट बताउँछन् । अहिले भने बिहानदेखि बेलुकासम्म आफ्नै पसलमा काम गर्ने, परिवारसँगै बस्ने र गाउँकै मानिससँग घुलमिल हुन पाएकोमा उनी खुसी छन् ।

पसलमा श्रीमती र परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन् । “स्वदेशमै बसेर इमानदारीका साथ व्यापार गर्दा राम्रो कमाइ हुन्छ भन्ने अहिले महसुस भइरहेको छ,” भट्ट भन्छन्, “अब बजारलाई अझ विस्तार गर्ने, ग्राहक सेवा सुधार्ने, ग्राहकको अनलाइन अर्डरअनुसार घरमै सामान पुर्‍याउने र आधुनिक बिलिङ प्रणालीसम्म ल्याउने योजनामा छु ।”

उनले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै अवसर खोज्ने युवाका लागि पनि व्यवसायमार्फत प्रेरणा दिएका छन् ।रासस

सोमबार, मङि्सर १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २१ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.