धनगढी । बाजुरामा एकजना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको बुढीगंगा नगरपालिका–९ जुवापानी स्थित डाँडामा बुढीगंगा नगरपालिका–१० सेलापाखा बस्ने ४० वर्षीय धनबहादुर रावत मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













