कैलाली । कैलालीको गोदावरी नगरपालिका ५ मा बसोवास गर्दै आएका जयन्द्र परियारको व्रतबन्ध गरिएको छ । आइतबार वैदिक पद्धतीबाट चारजना ब्राह्मणबाट उनको व्रतबन्ध सम्पन्न गरिएको हो ।
ब्रतबन्ध यज्ञ प्रधानाचार्य, ऐतिहासिक पशुपतीकोटी होमको व्यास आसनमा पुराण प्रवचन समेत गरेका आचार्य, साहित्याचार्य श्रीयुत दलितकुल शिरोमणि कृष्णबहादुर दमाई, ज्योतिषी आचार्य शुक्लयजुर्वेदाचार्य र अन्तर्राष्ट्रिय ब्राहमण संगठनका प्रदेश संयोजक तथा जिल्ला संयोजक ज्योतिषी पण्डित एवं पंचाङ्गकार, पिठाधिश्वर श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर बैतडी पाटनका गणेशप्रसाद पन्त लगाएत सुरेश सनातनी पार्कीको विशेष उपस्थितिमा जयन्द्रको वैदिक पद्धतीबाट व्रतबन्ध सम्पन्न गरिएको थियो ।













