कैलाली । सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाको एक ग्यारेजमा आगलागी हुँदा दुई करोड बराबरको क्षति भएको छ ।
आज दिउँसो बाजुरा जिल्लाको बडीमालिका नगरपालिका ८ मा रहेको प्रकाश थापाले सञ्चालन गरेको मोटरसाइकल ग्यारेजमा, फर्निचर गोदाममा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर लक्ष्मीराज जोशीले निशाना न्युजलाई जानकारी दिए ।
प्रारम्भिक जानकारी मात्र हो विवरण आइसकेपछि थप क्षतिको जानकारी हुने उनले बताए ।














