• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

  •   बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका–१४ फुलबारी एच गाउँका सहकारीमा आबद्ध महिला व्यावसायिक रुपमा भैंसीपालन गरेर गतिलो आम्दानी लिन सफल भएका छन् । फुलबारीकी उर्मिला घलेसँग दुई वटा उन्नत जातका भैंसी छन् । एउटा अनुदानमा अर्को आफैंले किनेको उन्नत जातको भैँसी छ । उनले दैनिक १० लिटर दूध बिक्री गर्छिन् ।
भैँसीकै दूध बेचेर उनको मासिक आम्दानी रु. झण्डै २० हजार हुन्छ । विगतमा गृहणीकारुपमा सीमित उर्मिला घरमा आवश्यक दूधकै लागि भैँसीपालन गरेकी छिन् ।
उनले फुलबारी एच गाँउका १६ जना महिलाहरु खोजेर सिदार्थ महिला कृषि समुह गठन गरी दर्ता गरेकी हुन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर डडेल्धुराको अनुदानमा १६ जना महिलालाई समुहमार्फत भैंसीपालनका लागि सहयोग गरिएको हो ।


उन्नत जातका भैंसी खरिद गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्र्तगत स्टार्टप अनुदान मार्फत रु. २५ लाख ५५ हजार ५०० र समुहबाट २४ लाख ४४ हजार ५०० गरी रु. ५१ लाखको समुहको खातमा जम्मा गरिएको उनले बताइन् ।

समुहमा आवद्ध १६ जना महिलाहरुले उन्नत जातको भैंसी खरिद गरी ल्याएको सो समुहकी सचिव उर्मिलाले बताइन् । ‘‘एक भैँसी पालेर घाँस खेती समेत गरेकी छु’’, उर्मिला भन्छिन् ‘‘ भैँसीको साँझ बिहानको दैनिक १० लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको छ ।’’ उनी मेहनत र परिश्रम गरे सफलता र सन्तुष्ति प्राप्त हुने बताउछिन् ।

सो अनुदान मार्फत १५ भैंसी र एक रागाबााट व्यवसाय शुरु गरेर यहाँका महिलाहरु आत्मनिर्भर भएको उनले बताईन् । पहिला आर्थिक अवस्था कमजोर हँुदा बालबालिकाको पढाई लेखाईमा समस्या थियो । अहिले भैंसीपालनबाट राम्रो जीवन स्तर सुधार हुँदै गएको उर्मिलाको भनाइ छ ।
पहिला काम केही थिएन उनले भनिन्– ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले तपाईहरु समुह बनाउनुहोस् हामी सहयोग गर्छु भनेपछि समुह निर्माण गरेपछि ५० प्रतिशत अनुदानमा भैंसी खरिद गरिएको उर्मिलाको भनाई छ ।

५ जनाको गोठ निर्माण र ११ जनाको सुधारिएको गोठ निर्माण समेत गरिएको छ । सो समुहकी अध्यक्ष दुर्गा कुमारी बुढा तामाङले अहिले भैंसीपालनमा व्यस्थ रहेको बताउँदै भैंसीको दुध विक्रीबाट सबै खर्च टार्ने गरेको बताइन् । उनले एक लिटर दुधलाई ६५ रुपैयाँमा बेच्ने गरेको बताउँदै मासिक रु. १९ हजार ५०० बचत गर्दै आएको उनको भनाइ छ ।

‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लाग्यो’’, तामाङले भनिन्, ‘‘भैँसीले दूध दिन छोडेमा फुलबारीमा रहेको डेरीमा लगेर बेच्छु, म सन्तुष्ट छु ।’’
भैँसीपालन उक्त समुहमा आवद्ध गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको छ । आयोजनाको अनुदानमा घरमा बसेर व्यावसायिकरुपमा भैंँसीपालन गर्न थालेपछि उनीहरु आत्मनिर्भर बन्न थालेका हुन् ।
भैंसीपालन गर्दै आएका महिलाले सात महिनामा दैनिक १० लिटर र त्यसपछिका महिनामा ५ लिटर बेच्दै आएका छन् । दूध बेचेको आम्दानीले घर राम्रै चलेको छ, तामाङ भन्छिन्, ‘‘म पनि ब्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन ।’’ घरखर्चका लागि श्रीमानसँग माग्नु नपर्ने उनले बताइन् ।
बजारमा दुधको माग बढिरहेको छ । बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण दुध विक्री गर्न सहज भएको उनीहरुको भनाइ छ । समुहमा आवद्ध महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् । रु. एक लाख ५० हजारको लागतमा खरिद गरेर ल्याएको भैंसीको रकम पनि असुल भइसकेको उनीहरुको भनाइ छ ।

समुहकी सदस्य लिला लामा तामाङले सात महिनासम्म दुध विक्रीबाट रु. २० हजार कमार घरबार चलाएको बताउँछिन् । उनले भैंसीको दुध विक्री गरे गोठ सुधारका साथै छोरीलाई पार्लर सिकाउँदै छिन् । श्रीमानको मृत्यु भएपछि घर खर्च चलाउन धौं–धौं थियो । अनुदानमा भैंसी किनेपछि जीवन निर्बाह गर्न सहज भइरहेको उनको भनाइ छ ।

मासिक आम्दानीको केही अंश घरखर्च र केही बचत गर्ने गरेका छन् । भैँसी खरिदको लागि अनुदान उपलब्ध भएपछि गृहिणी महिलालाई भैँसीपालन गर्न सहज भएको हो ।
सो समुहमा आवद्ध महिलाहरुले व्यावसायिक रुपमा भैंसीपालन गरेर आम्दानी गर्न थालेपछि छिमेकीहरु पनि त्यसको सिको गर्न थालेको समूहकी सचिव उर्मिलाले बताइन् ।

 

  • भैँसीपालन
बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २० घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.