• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

उज्यालो नेपाल पार्टीमा ५ तहको संरचना बन्ने

  •   बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले पाँच तहको पार्टी संरचना बनाउने भएको छ । बुधवार औपचारिक रूपमा घोषणा गरिएको उक्त पार्टीको घोषणापत्रमा संघीय, प्रदेश, जिल्ला, स्थानीय तह र वडा तहमा आधारित संरचना बनाउने उल्लेख छ ।

घोषणापत्रमा ‘सङ्गठन संरचना र कार्यप्रणाली’ उपशीर्षकमा सैद्धान्तिक स्पष्टता, नेपालको उज्यालो भविष्य निश्चित गर्ने राजनीतिक कार्यक्रम एवं नयाँ सङ्गठन संरचना र कार्य प्रणालीसहित नेपाली विशेषताको सामाजिक न्यायमा आधारित समृद्ध नेपाल निर्माणको नेतृत्व गर्ने अवसर प्राप्त भएको उल्लेख छ ।

‘समाजको चेतनास्तर र चिन्तन प्रणालीलाई मध्यनजर गर्दै आगामी रणनीतिहरू तयार गर्नु र सोही अनुसारको सङ्गठन संरचना र कार्यप्रणाली कार्यान्वयन गर्नु नै हाम्रो साङ्गठनिक प्रस्थानविन्दु हो’,घोषणापत्रमा भनिएको छ ।

त्यस्तै पार्टीले संघीय, प्रदेश, जिल्ला, स्थानीय तह र वडातहमा आधारित संरचना बनाउने तथा संघ र प्रदेशको संरचनामा भौगोलिक, गैर–भौगोलिक र समावेशी समूह विभाजन गर्न सकिने जनाएको छ ।

पार्टी दल दर्ता गर्ने क्रममा निर्वाचन आयोगमा बुझाएको विधान र घोषणापत्र लगायत सबै विवरणहरू अन्तरिम प्रयोजनको लागि तयार गरिएको भन्दै आम निर्वाचनमा सहभागी हुनुपूर्व वा पछाडिको उपयुक्त समयमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन मार्फत पार्टीका सम्पूर्ण दस्ताबेजहरू, सङ्गठन संरचना र कार्य प्रणालीलाई अद्यावधिक गर्ने उल्लेख छ ।

‘जनसंघर्ष र बलिदानको गर्वपूर्ण इतिहास भएका एवं महत्त्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व गरेका दलहरू सत्ता सञ्चालनमा असफल भएको आधार र कारणहरूको पहिचान गरी उज्यालो नेपाल पार्टीले उपयुक्त तथा परिणाममुखी सङ्गठन संरचना र कार्यप्रणाली अपनाउनेछ’, घोषणापत्रमा भनिएको छ, ‘पार्टी संरचना र पार्टीका सदस्यले पार्टी स्थापनाको घोषणापत्र एवं पार्टीले चुनावमा तयार गर्ने प्रतिवद्धतापत्रहरुको कार्यान्वयन गर्ने साधनको रूपमा कार्य गर्नेछन् ।’

पार्टीको आन्तरिक समस्याहरूलाई हल गर्न सक्ने सङ्गठन संरचना र कार्यप्रणाली अपनाएर लक्ष्य अनुरूप काम गर्नसक्ने बनाउने बताएको सो पार्टीले यसका लागि शक्तिशाली स्थानीय संरचना बनाउने र जनसम्बन्ध बढाउन कार्य गरिने जनाएको छ ।

‘प्रतिस्पर्धीबाट रचनात्मक सहयोग हुने संरचनात्मक व्यवस्था गर्दै पारदर्शिता र आर्थिक अनुशासन निश्चित गरिनेछ’, घोषणापत्रमा भनिएको छ, ‘मत सर्वेक्षण गर्ने, पार्टी सदस्यता नभएका सक्षम, योग्य नागरिकहरू समेतलाई राष्ट्रको लागि योगदान गर्ने अवसर दिइनेछ ।’

निर्वाचनमा उम्मेदवारी छनौटको लागि पारदर्शी मापदण्ड र दोहोरो कार्यसम्पादन मूल्याङ्कनको व्यवस्था गरिने पनि सो पार्टील जनाएको छ । ‘पार्टीका संरचनाहरूमा विषय विज्ञतालाई प्रोत्साहन गर्ने प्रणाली बनाइनेछ । पार्टीलाई जीवन्त बनाउन नेतृत्व विकासको नियन्त्रित र स्वचालित प्रक्रिया अपनाएर पार्टी संरचनामा सक्षम, योग्य र प्रतिस्पर्धी युवालाई अवसर दिने, अग्रजहरूको भूमिका कायम राख्ने निश्चितता गरिनेछ ।’

यसको साथसाथै सङ्गठन निर्माण र विस्तारको क्रममा प्रतिनिधित्वको विषयगत क्षेत्र निर्धारण गरिने घोषणापत्रमा उल्लेख छ ।

पार्टीले समाजका आधारभूत कर्ताहरूको यथार्थ विश्लेषण गर्ने पनि जनाएको छ । ‘उत्पादक उद्यमी ९वस्तु०, व्यापार उद्यमी ९वस्तु तथा सेवा०, निर्माण व्यवसायी, सामाजिक समूहहरू तथा संस्थाहरू, अवकाशप्राप्त खेलाडीहरूरखेल प्रशिक्षकहरू,उद्यमीहरू, मजदुर र निजी क्षेत्रको रोजगारी, स्नातकरस्नातकोत्तररविद्यावारिधि समूहका विद्यार्थीहरू, विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थामा आबद्ध अध्यापकहरू, अवकाश प्राप्त राष्ट्रसेवकरयोद्धारसहिद परिवार, पूर्वजनप्रतिनिधिरपार्टी संरचनाका पूर्वपदाधिकारीहरू, विषयगत क्षेत्रको विज्ञ, विदेशमा कार्यरत नेपालीहरू लगायत अन्य कर्ताहरूको पहिचान गरी पार्टीको आधारभूत संरचना ९वडा तह० ले आफ्नो अभिलेख व्यवस्थापन गर्नेछ’, सार्वजनिक घोषणापत्रमा भनिएको छ ।

त्यस्ता व्यक्तिलाई वडा तहमा आधारभूत रूपले प्रतिनिधित्व गराउने उज्यालो नेपाल पार्टीको घोषणा छ ।

उमेर र सामुदायिक जनघनत्वको विविधताको आधारमा आफ्नो संरचनामा आरक्षणको व्यवस्था गर्ने जनाएको सो पार्टीले ठुला र धेरै संरचना बनाएर नेता कार्यकर्तालाई बाँध्ने प्रयत्न गर्नुको साटो छरितो, चुस्त र तत्कालै सूचनाको सञ्चार भई चलायमान हुने प्रकारको संरचनाहरू बनाउने दाबी गरेको छ ।

‘यसको लागि विभिन्न तहको अधिवेशन प्रक्रिया, निर्वाचक मण्डल र प्रतिनिधि छनौटको लागि सिर्जनात्मक व्यवस्था गरिनेछ’, घोषणापत्रमा भनिएको छ ।

पार्टीले समसामयिक राष्ट्रिय मुद्दा, वर्गीय एवं सामाजिक उत्पीडन र जनसरोकारको विषयहरूमा सक्रियता निश्चित गर्नेगरी चेतनामूलक, प्रचारमूलक र परिणाममुखी गतिविधिहरू गर्नेमा जोड दिएको छ ।

‘नेपाली जनजीवनको आधारभूत सामाजिक मुद्दाहरूमा जनताहरूको आवाज बोल्ने र र परिणाम दिने भरोसायोग्य राजनीतिक सङ्गठन निर्माण गरिनेछ’, घोषणापत्रमा प्रविधिको अधिकतम प्रयोग गर्ने प्रयत्न गर्दै आफ्नो सङ्गठन संरचनालाई पनि सोही अनुरूप चलायमान बनाउने उल्लेख छ ।

पार्टीले तय गरेको भौगोलिक, गैर–भौगोलिक र समावेशी समूहभित्र वैचारिक, साङ्गठनिक र राजनीतिक एवं जनपरिचालनको क्षेत्र तोकेर उपसमूह पनि बनाउनेछ । ‘यो ३ वटा उपसमूह बनाउने क्रममा वैचारिक कार्यभार सम्पादन गर्न, साङ्गठनिक जिम्मेवारी सम्पादन गर्न र राजनीतिक एवं जनपरिचालनको कार्यभार सम्पादन गर्ने प्रयोजनको लागि योग्यताको न्यूनतम आधारभूत सर्त बाहेकमा मापदण्ड तय गर्ने उल्लेख छ ।रातोपाटीबाट

 

बुधबार, मङि्सर १७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.