कंञ्चनपुर । आगलागीबाट ३ लाख बराबरको क्षति भएको छ । बुधबार कंञ्चनपुरको कृष्णपुर ९ राजघाट स्थित आसि देबि चौधरी कुखुरा पोल्टिफर्ममा बिद्युतको तार सट भई आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो ।
आसि देबि चौधरीले सञ्चालन गरेको फर्म र फर्म भित्र रहेका ३०० वटा कुखुराका चल्ला, ग्याँस सिलिण्डर लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मानविय तथा चौपायको क्षति नभएको, र स्थानिय तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।













