डोटी । डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार सायल गाउँपालिका–४ खालीखोला बिहीबार बिहान बोलेरो जिप दुर्घटना भएको हो ।
कञ्चनपुरको पुनर्वास–२ का २८ वर्षीय ईश्वर थापाले चलाएको सुपप्र ०१–००१ च ४२५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सायलबाट दिपायलतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा आदर्श गाउँपालिका–७ की ५४ वर्षिया हरिदेवी कापडी, सायल गाउँपालिका–२ का ३१ वर्षीय दिल्लीराज ओझा, ४० वर्षीय भोजराज ओझा, ११ वर्षीय आमत ओझा, सायल गाउँपालिका–४ का ४३ वर्षीय टेकराज ओझा र चालक थापा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको जनाइएको छ ।
जिप अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको प्रारम्भीक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।















