धनगढी । कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
शनिबार जिल्लाको पुनर्वास नगरपालिका-११ काठेपुल, बेलौरी नगरपालिका-६ भुराकोट, दोधारा चाँदनी नगरपालिका-४ लठ्ठाघाट र वडा नं ६ आमबँगैचाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.२ लाख १२ हजार ८८० बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका सख्खर, आलु, विभिन्न किसिमका फलफूल, मलखाद, कैची, प्रिन्टर, कार्टिजलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













