धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्लाको धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.४५ हजार ६ सय बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका कोट, लुङ्गी, सल, भेष्ट, टाउजर, पेटिकोट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













