धनगढी । दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको महाकाली नगरपालिका–४ खलंगा बजारबाट व्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहारलाई पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरुको साथबाट ३१ ग्राम चरेश फेला पारि उक्त पदार्थसहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।















