धनगढी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेका छन ।
राजनीति दलहरुभित्री आगानी निर्वाचनका लागि उम्मेदवारको चर्चापरिचर्चा हुन थालेको छ । देशभर निर्वाचनको चर्चा भइरहँदा कैलालीमा पनि उम्मेदवारको चर्चा हुन थालेको छ ।
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी भित्र पनि उम्मेदवारको चर्चा हुन थालेको छ ।
यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका युवा नेता नरबहादुर शाह ‘निर्मल’ लाई उम्मेदवार बनाउने बिषयले पार्टीभित्र चर्चा हुन थालेको उनी निकट श्रोत बताउँछ ।
श्रोतका अनुसार शाहलाई प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनाउने पार्टीले आन्तरिक तयारी थालेको छ ।
नेतृत्व तहमासमेत शाहलाई उम्मेदवार बनाउने विषयमा छलफल चलिरहेको र उनलाई नै अघि सार्ने सम्भावना बलियो रहेको श्रोतको दाबी छ ।
नेपाली जनताको हकहितका लागि संघर्ष गर्दै आएका शाह लोकप्रिय युवा नेता मानिन्छ्न
। सेती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष भएर काम गरिसकेका शाहले अस्पतालको व्यवस्थापन तथा सेवा सुधारको क्षेत्रमा थुप्रै काम गरेका छन् ।
अस्पताल विकास समितिको अध्यक्ष भएका बेला गरेका राम्रा कामका कारण शाहको लोकप्रियता झन बढेको छ ।
नेतृत्व क्षमता, निर्णय शक्ति र जनसम्पर्कका आधारमा शाहलाई प्रभावशाली उम्मेदवारको रूपमा हेरिएको छ ।
शाह सबै समुदाय तथा युवापुस्तामाँझ पनि लोकप्रिय मानिन्छन् ।
युवामैत्री चिन्तन,विकासवादी दृष्टिकोण र सामाजिक गतिविधिमा सक्रियताका कारण शाह मतदाताको रोजाइमा पर्ने बलियो सम्भावना रहेको उनी निकट श्रोतले बतायो ।
संगठन निर्माणको अनुभव र जनतासँगको निकट सम्बन्धका कारण पार्टीले उनलाई उम्मेदवार बनाउने सम्भावना रहेको श्रोतको दाबी छ ।
यद्यपि,उम्मेदवारको अन्तिम टुंगो भने लागिसकेको छैन ।













