धनगढी । कैलालीबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिकबाट जानकी गाउँपालिका–१ दुर्गौली बस्ने २२ वर्षीय निराजन भुल लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
भुललाई ९० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।













