धनगढी । कञ्चनपुरबाट प्रहरीले ४५ लाखको १ हजार १७९ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ ।
बिहीबार जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्क स्थित सडक र ब्रहमदेब हाईवेबाट उक्त मूल्यका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
भन्सार छली गरि ल्याएका उक्त मूल्य बराबरको आईफोन मोबाईल, डोरी, बेल्ट, सवारी साधन मर्मत गर्ने सरसमान लगायतका सामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













