धनगढी । कैलालीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको घोडघोडी नगरपालिका–१० स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ त ५९०६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको घोडघोडी नगरपालिका–९ सिखरझाला बस्ने ५२ वर्षीय अजुवा सार्कीले चलाएको गोरू डल्लबलाई बिहीबार ठक्कर दिँदा सार्की गम्भीर घाइते भएका थिए।
घाइते सार्कीलाई उपचारको लागि सिएस अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
ट्याक्टर साहु घोडाघोडी नगरपालिका–९ रतिपुर बस्ने २५ वर्षीय मंगल बटालालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको र ट्याक्टर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ।













