• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ७. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ८. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ९. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय,स्वाभिमान र मेहेनतको जिउँदो कथा

  •   शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन– सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बसेका करनबहादुर ऐर । पैसठ्ठी वर्ष नाघ्नै लागेका उनका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ ।

उज्यालो फाट्दै गर्दा चार किलोमिटर टाढाको घरबाट पैदल हिँड्दै झलारी बजार आइपुग्छन् । बजार उनलाई धेरैले नामले भन्दा पनि मेहनतले चिन्छन् । ठेलामा सजाइएका थरिथरिका फलफूल, खेलौना, बिस्कुट, चाउचाउ, कुरकुरे, बदामलगायत सामान धेरै छैनन्, तर ऐरका लागि ती नै परिवार धान्ने आधार हुन् । दशकअघिदेखि सुरु गरिएको यो व्यापार अहिले स्थिर आयस्रोत बनेको छ । करिब रु २० हजार लगानीबाट चलेको ठेलाले उनलाई दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म कमाइदिन्छ । सडक छेउकै ठेला भएकाले सवारीसाधनका चालक, परिचालक, सडकमा हिँड्ने यात्रु उहाँका ग्राहकका रूपमा रहने गर्दछन् ।

“ठेलाको कमाइ घरखर्च, लत्ताकपडा, औषधोपचारलगायत लागि पुग्छ”, उनी भन्छन्, “पाखुरी चल्दासम्म अरूको भर पर्नुपरेको छैन, जति कमाइ हुन्छ त्यसबाट घर चलेको छ, अरूकहाँ हात पसार्नु मन पर्दैन ।” ऐरका दुई छोरा भए पनि उनको आफ्नै काम छ । छोराहरूको कमाइमा भने ऐर दम्पतीले अहिलेसम्म भर पर्नुपरेको छैन ।

उमेर पुगेका धेरै मानिसले विश्राम खोज्ने बेला, छोराबुहारीको भर पर्नुपर्ने समयमा ऐर भने आफ्नै पौरखमा बाँच्दै आएका छन् । व्यवसायमा उनको सबैभन्दा ठुलो सहाराका रूपमा श्रीमती रहेकी छिन् । “दुई जनाले मिलेर चलाउँछौँ, यसैमा घर सजिलै चल्छ”, उनी भन्छन् ।

ठेलामा समान बेच्ने मात्र नभई ऐर गाउँका पुराना अगुवा पनि हुन् । तत्कालीन झलारी गाउँविकास समितिका वडाध्यक्ष, नगरपालिका गठनपछि वडा सदस्य, अनि असिग्राम माध्यमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष भएर कार्य गरेका यी सबै भूमिका उनका समाजसेवा र नेतृत्वका प्रमाणका रूपमा रहेका छन् । जीवनका सबैभन्दा ऊर्जाशील वर्षहरू उनले समुदायका काममा खर्चिएका छन् । “समाजका लागि सकेजति गरेँ”, उनी भन्छन्, “अब बाँकी जीवनका लागि आफैँले केही गर्नुपर्छ ।” झलारी बजारमा आवतजावत गर्ने जोकोही पनि उनको अनुशासन, समयपालन र ग्राहकसँगको व्यवहारबाट प्रभावित हुन्छ ।

उनी चर्को आवाजमा बोल्दैनन्, उनको विनम्र व्यवहारले धेरैलाई आकर्षित गर्छ । उनलाई धेरैजसोले सभापति भनेर पनि चिन्ने गर्दछन् । सभापतिज्यू भनेपछि मुस्कुराएर विनम्र स्वरमा बोल्ने बानीले सबैले उनको आदर गर्ने गर्दछन् । जब साँझ पर्छ बजार सुस्ताउँदै जान्छ । नजिकैका पसल र होटलमा बत्ती बल्न थाल्छन् ।

त्यही बेला ऐर आफ्नो ठेलामा भएका समान समेटेर नजिकका पसलमा राखेर घर फर्कन्छन्। त्यो प्रक्रिया दैनिक दोहोरिरहन्छ । तर ऐरका कदम थाक्दैनन् । किनकि थकानले उनलाई रोक्दैन– जीवनले सिकाएको आत्मनिर्भरता अगाडि बढिरहन्छन् । रासस

शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद
सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

समाचार

सबै

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील

कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.