धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामान बरामद गरेको छ।
शुक्रबार जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ६४ हजार २५० मूल्य बराबरका सामान बरामद गरेको जनाइएको छ ।
उक्त मूल्यका विभिन्न किसिमका खेलौनालगायतका सामान इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।















