धनगढी । कञ्चनपुरमा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलीका सामान बरामद गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–३ भासी, भिमदत्त–४ बसपार्क क्षेत्र तथा गोबरिया क्षेत्रबाट अन्दाजी मूल्य रु १ लाख १२ हजार बराबरका सामानहरू प्रहरीले बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त चिनी, खानेतेल, बुद्धिचाल खेल, चेस खेल्ने गोट्टी, चेस खेल्ने पेपर तथा विभिन्न प्रकारका हार्डवेयर सामग्री बरामद गरेको जनाइएको छ।













