धनगढी । कैलालीमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका–५ घर भइ लम्कीचुहा नगरपालिका–३ ब्यवस्थितनगरमा कोठा गरि बस्ने २८ वर्षीय सुनिलकुमार चौधरी लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
चौधरीको कोठा खानतलासी गर्दा उनको कोठाबाट ८ ग्राम ५८० मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय लम्की र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।















