धनगढी । डेढ महिना अघि नेकपा एमाले छोडेका गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । कार्तिक १४ गते नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पदसहित पार्टी परित्यागको घोषणा गरेका भट्ट रास्वपा प्रवेश गर्न लागेका हुन ।
उनले सोमबार सामाजिक सञ्जाल मार्फत आफू रास्वपा प्रवेश गर्न लागेको जनाएका छन् । उनले पार्टी परित्याग गरेर स्वतन्त्र नागरिक भएर समाज सेवा गर्न खोजे पनि एक्लै आम जनताका समस्या समाधान गर्न असम्भव हुने कुराको महसुस गरेर जनताका बिचमा लोकप्रिय पार्टी रास्वपामा जान लागेको बताएका छन् ।
भट्टले २/४ दिन भित्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने जनाएका छन् ।














