धनगढी । कञ्चनपुरमा प्रहरीले रु १६ लाख ६२ हजार बराबरको अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
मंगलबार जिल्लाको भीमदत्त नगरपालिका–४ भगतपुर र दोधारा चाँदनी नगरपालिका–९ देउरालीघाटबाट अवैध रुपमा भारतबाट भन्सार
छली गरि ल्याएका उक्त मूल्यका विभिन्न सामानहरु नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उक्त मूल्यका कुर्सी,किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती
टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













