काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ ।
सो पार्टीको निर्वाचन आयोगका अनुसार बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ मत खसेको छ ।
जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा ३६ जना प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।
मतगणना विहान १० बजेपछि सुरु हुने जनाइएको छ । मतगणना सुरु भएको ३ देखि ४ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक हुने पार्टीको निर्वाचन आयोगले जनाएको छ ।













