काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट उपमहासचिवमा लेखराज भट्ट सर्वाधिक मतसहित विजयी भएका छन् । कूल २२ सय २७ खसेको मतमा भट्टले सर्वाधिक १४ सय ५२ मत पाएका हुन् ।
त्यस्तै, अर्का उपाध्यक्षमा रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। महासेठले १३ सय ६८ र भट्टराईले १३ सय ४८ मत ल्याएर विजयी भएका हुन्।
एमालेको विधान अनुसार तीन जना उपमहासचिव रहने व्यवस्था छ। ११ औँ राष्ट्रिय महाधिवेशनमा आनन्द प्रसाद पोख्रेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्र प्रसाद गौतम, लेखराज भट्ट, विष्णु प्रसाद रिमाल र वैजनाथ चौधरीले उपमहासचिवमा उम्मेदवारी दिएका थिए।













