मोरङ । बुढीगंगा गाउँपालिका-१ बस्ने २२ वर्षीय श्याम ऋषिदेवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । ग्रामथान गाउँपालिका-१ सरस्वती स्कुल पछाडि नहरको छेउमा को.१ ख ५०४९ नम्बरको टिपरको हाईड्रोलिक उठाई माटो झार्ने क्रममा विद्युतको तारमा छुनगई करेन्ट लागेर गम्भीर घाइते भएका टिपरका सहचालक श्यामको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













